धनगढीमा चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव र अभिभावक दिवस सुरु

Image
Nisarga Hospital

धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस शुक्रबारदेखि सुरु गरेको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत शिक्षा, साहित्य, खेलकुद, समाजसेवा र अन्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजको उपस्थितिमा गरिएको थियो। कार्यक्रमको सभाध्यक्षता पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीले गरेका थिए।

CP Hospital Dhangadhi

कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सुरुवात प्रभातफेरीबाट भएको थियो भने विभिन्न झाँकी र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। आयोजकका अनुसार शनिबार पनि सांस्कृतिक र शैक्षिक कार्यक्रमहरू निरन्तर रहनेछन्।

Attariya Hospital

उद्घाटन समारोहमा बोल्दै प्राध्यापक डा. हेमराज पन्तले पाठशालाले केवल धनगढी नभई सुदूरपश्चिमको शिक्षामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै शिक्षा प्राविधिक र जीवनोपयोगी हुन आवश्यक रहेको बताए। अध्यक्ष गणेशप्रसाद जोशीले समाज परिवर्तनमा सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै, ‘चैतन्य साधना पुरस्कार’ मार्फत प्रत्येक वर्ष उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै आएको बताए।

nawajiwan

प्राचार्य प्रेमनिधि ओझाले कार्यक्रमअन्तर्गत सञ्चार, साहित्य, शिक्षा र समाजसेवामा योगदान पुर्‍याएका सयौँ व्यक्तित्वलाई सम्मान गरिएको जानकारी दिए। उनले दुई दिनसम्म सञ्चालित कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू रहने जानकारी पनि गराए।