विवाह भएको दुई सातामै नवविवाहिता मृत फेला, घटनामाथि अनुसन्धान सुरु

Image
Nisarga Hospital

कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्। Shuklaphanta Municipality–७ कालापानीकी २२ वर्षीया विन्दु धामीको शंकास्पद अवस्थामा मृत्यु भएको हो।

CP Hospital Dhangadhi

परिवारका अनुसार विन्दुको १४ फागुन २०८२ मा Krishnapur Municipality–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग मागीविवाह भएको थियो। विवाह भएको करिब १४ दिनपछि, अर्थात् २७ फागुनमा उनी आफ्नै कोठामा मृत फेला परेकी हुन्।

मृतककी हजुरआमा तारा धामीले विवाहको खुसी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्। कक्षा १२ अध्ययनरत विन्दु ब्युटी पार्लरको तालिम पनि लिइरहेकी थिइन्। माइती पक्षका अनुसार परम्पराअनुसार विवाह गरिएको भए पनि छोटो समयमै मृत्यु भएपछि श्रीमानमाथि शंका उत्पन्न भएको छ।

nawajiwan
Attariya Hospital

मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमयी बताएका छन्। उनले नातिनीको शरीरमा देखिएको अवस्थाले घटना शंकास्पद रहेको दाबी गरेका छन्।

यता Nepal Police अन्तर्गतको Ilam Police Office Jhalari का इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान जारी छ। शवको पोस्टमार्टम भइसकेको र रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।