डोटीमा बोलेरो जिप दुर्घटना: चार जना घाइते, धनगढीतर्फ उपचारका लागि रिफर

Image
Nisarga Hospital

डोटीमा मंगलबार भएको जिप दुर्घटनामा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका–३ इनाडास्थित भित्री सडकखण्डमा इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको हो।

CP Hospital Dhangadhi

दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ निवासी २८ वर्षीय सन्तोष सापकोटा, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद र अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन्।

Attariya Hospital

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घाइतेलाई थप उपचारका लागि धनगढीतर्फ पठाइएको छ।

nawajiwan

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ग्रामीण सडकको अवस्था र सवारीको गति दुर्घटनाको मुख्य कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।