
कैलालीको गोदावरी नगरपालिका–१० दमौराबाट कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अभियुक्त ५ वर्षपछि पक्राउ परेका छन्। २०७७ फागुन १५ गतेदेखि फरार रहेका ३३ वर्षीय दुर्गा बहादुर चौधरीलाई मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको प्रहरी नायव निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। लामो समयदेखि फरार रहेका चौधरीलाई खोजी कार्य तीव्र बनाइएपछि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन कैलाली जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ।

लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ पर्नु प्रहरीका लागि महत्वपूर्ण सफलता मानिएको छ।
































