सुन–चाँदीको भाउमा ठूलो गिरावट, तोलामा एकै दिन ५ हजार बढी घट्यो !

Image
Nisarga Hospital

बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ५ हजार ४०० रुपैयाँ घटेर ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो।

CP Hospital Dhangadhi

त्यसैगरी १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ, जसमा १४० रुपैयाँको गिरावट आएको हो। १० ग्राम चाँदीको मूल्य भने ४ हजार २९५ रुपैयाँ कायम गरिएको छ।

विशेषज्ञहरूले बजारमा सुन–चाँदीको मूल्य घट्नु आर्थिक अस्थिरता, अन्तर्राष्ट्रिय बजारका उतार–चढाव र घरेलु माग–पुर्याइको सन्तुलनसँग जोडिएको बताउँछन्। लगानीकर्ता र उपभोक्ताले मूल्य गिरावटलाई अवसरका रूपमा हेर्न सक्ने अवस्था बनेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur