नेपाल टेलिकमले ३जी सेवा बन्द, ग्राहकलाई ४जी सिम अपग्रेड गर्न आग्रह

Image
Nisarga Hospital

नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो ३जी सेवा पूर्ण रूपमा बन्द गरी ४जीमा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ। कम्पनीले सेवालाई गुणस्तरीय र आधुनिक बनाउन २जी र ३जी सिम प्रयोग गर्ने ग्राहकहरूलाई यथाशीघ्र ४जी सिममा अपग्रेड गर्न सूचित गरेको छ।

CP Hospital Dhangadhi

ग्राहकहरूलाई म्यासेज र प्रणालीमार्फत जानकारी दिइएको छ। ग्राहकहरूले आफ्नो नजिकको टेलिकम कार्यालयमा गएर नि:शुल्क ४जी सिम लिन सक्नेछन्। सिम परिवर्तनका लागि नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र जस्ता सरकारी पहिचानपत्र आवश्यक पर्छ।

Attariya Hospital

पहिले नै ४जी सिम प्रयोग गरिरहेका ग्राहकहरूले *४४४# डायल गरी ४जी तथा भोल्टे सेवा सक्रिय गर्न सक्ने जानकारी टेलिकमले दिएको छ। सेवाको आधुनिकिकरणले मोबाइल सेवा द्रुत र गुणस्तरीय बनाउने विश्वास गरिएको छ।

nawajiwan