
स्थानीय बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। आइतबार प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्दै सुनको मूल्य दुई लाख ८२ हजार रुपैयाँमा झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै माग र आपूर्तिमा आएको परिवर्तनका कारण सुनको मूल्यमा यस्तो गिरावट देखिएको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घट्दै चार हजार ५४० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।




सुनचाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा किनबेचको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।


































