सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण, आज कतिमा हुँदै छ कारोवार?

Image
Nisarga Hospital

नेपाली बजारमा बुधबार सुनको मूल्य एकाएक भारी वृद्धि भएको छ। पछिल्लो केही दिन निरन्तर घट्दै आएको सुन बुधबार १४ हजार ६०० रुपैयाँले बढेर तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँमा पुगेको छ। मंगलबार यो मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ थियो।
त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको थियो भने बुधबार बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भयो।

CP Hospital Dhangadhi

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँमा पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बजारमा मूल्यको यो अचानक उछालले ग्राहक र व्यापारी दुवैलाई चकित बनाएको छ, र लगानीकर्ताहरू अब सुन र चाँदीमा कारोबारको रणनीति पुनःसमिक्षा गर्दैछन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur