धनगढीमा HONOR मोबाइलद्वारा सन्जिवनी मोबाइललाई Vespa उपहार

Image
Nisarga Hospital

धनगढीः दशैं–तिहार उपहार योजना अन्तर्गत निर्धारित लक्ष्य पूरा गर्दै धनगढीस्थित सन्जिवनी मोबाइलले उल्लेखनीय सफलता हासिल गरेको छ। उक्त उपलब्धिको कदर गर्दै HONOR मोबाइलको तर्फबाट सन्जिवनी मोबाइललाई Vespa स्कुटर उपहार प्रदान गरिएको छ।

CP Hospital Dhangadhi

यस अवसरमा आयोजित कार्यक्रममा HONOR मोबाइल नेपालका रिजनल सेल्स म्यानेजर चक्र न्यौपानेले सन्जिवनी मोबाइललाई बधाई दिँदै धनगढी क्षेत्रमा HONOR मोबाइलको पहिचान स्थापित गर्न सन्जिवनी मोबाइलको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सन्जिवनी मोबाइलको उत्कृष्ट कार्यप्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

Attariya Hospital

कार्यक्रममा सन्जिवनी मोबाइलका प्रोप्राइटर सुभाष बम, धनगढी क्षेत्रका रिजनल डिस्ट्रीब्युटरका प्रोप्राइटर निरञ्जन खत्री तथा HONOR मोबाइलका एरिया सेल्स म्यानेजर हरिष पन्तको उपस्थिति रहेको थियो।

nawajiwan

कार्यक्रमका क्रममा वक्ताहरूले आगामी दिनहरूमा समेत यस्तै सहकार्य र समर्थन निरन्तर रहने अपेक्षा व्यक्त गरेका थिए।