सुप समावेशी आधारभूत विद्यालयको १५औँ वार्षिकोत्सव सम्पन्न, समावेशी शिक्षामा जोड

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–२ स्थित सुप समावेशी आधारभूत विद्यालयले आफ्नो १५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सफलतापूर्वक सम्पन्न गरेको छ।

CP Hospital Dhangadhi

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रालयका राज्यमन्त्री प्रकाश बहादुर बमले विद्यालयले अपाङ्गता भएका बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उनले होस्टेल तथा भौतिक संरचनाको अभाव रहेको भन्दै संघीय सरकारसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयकी प्रधानाध्यापक देवी साउँदले २०६७ सालमा १० जना विद्यार्थीबाट सुरु भएको विद्यालयले भवन र जग्गाको अभावका बीच पनि निरन्तर सेवा दिँदै आएको बताइन्।

त्यस्तै, विद्यालयकी अध्यक्ष विश्नु देवी बोहराले सुरुवातमा त्रिपालमुनिबाट सञ्चालन गर्नुपरेको स्मरण गर्दै हाल कक्षा ८ सम्म पठनपाठन भइरहेको जानकारी दिइन्। उनले उच्च कक्षा विस्तारका लागि राज्यको ध्यान आवश्यक रहेको बताइन्।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयले समावेशी शिक्षालाई प्राथमिकता दिँदै विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई अध्ययनको अवसर प्रदान गर्दै आएको छ।