बालश्रम र कुटपिट आरोपमा प्रदेश सांसद रेखा शर्मा पक्राउ

Image
Nisarga Hospital

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा बालश्रम र बालिकामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। यसअघि उनीविरुद्ध मुद्दा नचलाउन सिफारिस गरिएको फाइल उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो।

CP Hospital Dhangadhi

घटनाको खुलासा काठमाडौं महानगरपालिकाको सर्वेक्षणका क्रममा भएको हो। अभिभावकविहीन बालबालिकाको अवस्थाबारे अध्ययन गर्दा ती नाबालिका सांसद शर्माको घरमा काममा लगाइएको र शोषण भएको तथ्य बाहिर आएको थियो। पीडितले ६ वर्षदेखि घरमा काम गर्न बाध्य पारिएको, कुटपिट गरिएको र परिवारसँग भेट्न नदिएको बताएकी छन्।

Attariya Hospital

महानगरपालिका, वडा प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको छ। घटनापछि पीडितका बाबुले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

nawajiwan