हवाई इन्धन दोब्बरले बढेपछि काठमाडौं–धनगढी भाडा २३ हजारसम्म, यात्रुमा थप बोझ

Image
Nisarga Hospital

हवाई इन्धनको मूल्य दोब्बरले बढेसँगै मुलुकको हवाई भाडादरमा भारी वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटको न्यूनतम भाडा १४ हजार ४ सय ५७ रुपैयाँ र अधिकतम २३ हजार ५९ रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

प्राधिकरणले भाडादरमा भएको वृद्धि मुख्य रूपमा इन्धन मूल्य (फ्युल सर्चाज) बढेकै कारण भएको जनाएको छ। यसअघि धनगढीका लागि इन्धन शुल्क ५ हजार ६ सय १० रुपैयाँ रहेकोमा हाल ११ हजार ९० रुपैयाँ पुगेको छ।

भाडामा इन्धन शुल्कसँगै वायुसेवा कम्पनीको आधारभूत भाडा, १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तथा विमानस्थल शुल्क पनि जोडिन्छ।

nawajiwan
Attariya Hospital

वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ। बढ्दो डलर विनिमय दर र इन्धन मूल्यका कारण हवाई सेवा सञ्चालन चुनौतीपूर्ण बनेको वायुसेवा कम्पनीहरूले बताएका छन्।

विशेषज्ञहरूले इन्धन मूल्य स्थिर नभएसम्म हवाई भाडा अझै अस्थिर रहने सम्भावना रहेको बताएका छन्।

Advertize US