पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

दिउँसो हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

Attariya Hospital

मौसम महाशाखाले हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्ने, किसान तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई मौसमको परिवर्तनबारे नियमित जानकारी लिन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ। विशेषगरी चट्याङको जोखिम उच्च भएकाले खुला स्थानमा नबस्न र सुरक्षित स्थानमा बस्न महाशाखाले सुझाव दिएको छ। स्थानीय प्रशासनलाई सतर्क रहन तथा आवश्यक तयारी गर्न पनि निर्देशन दिइएको छ। आज पनि छ

nawajiwan
Advertize US