नेपाल आयल निगमले फेरी बढायो पेट्रोल र डिजेलको मूल्य ! प्रतिलिटर १५ रुपैयाँले वृद्धि !

Image
Nisarga Hospital

Nepal Oil Corporation ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।

CP Hospital Dhangadhi

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ। यसअघि यी स्थानमा पेट्रोल १८७ रुपैयाँ र डिजेल–मट्टितेल १६७ रुपैयाँ थियो।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ बाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै डिजेल/मट्टितेल १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

nawajiwan
Attariya Hospital

दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोल १८६ बाट २०१ रुपैयाँ र डिजेल/मट्टितेल १६६ बाट १८१ रुपैयाँ पुगेको छ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समायोजन गरिएको जनाउँदै यो निर्णयपछि पनि १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने जनाएको छ।

Advertize US