
चौमालाः चौमाला बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष दिनेशराज जोशी को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम रहनुभएको थियो भने विशिष्ट अतिथिमा गौरीगंगा नगरपालिका वडा नं. १ का अध्यक्ष डबल दियाकोटी रहनुभएको थियो। अन्य अतिथिहरूमा मसुरिया खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कमलराज जोशी,उदासिपुर खानेपानी समितिका अध्यक्ष मानसिंह धामी, वनबेहडा खानेपानीका अध्यक्ष बहादुर खड्का,वनबेहडा खानेपानी समिती दैद्वारीका सचिव हेमन्त राज जोशी (बाजे) राजीपुर खानेपानी समितिका सचिव छवि कँडेल,मौवारी सामुदायिक बन अध्यक्ष सुन्दिरा चौधरी लगायतको उपस्थिति रहेको थियो।




दोस्रो वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्रीलें शुद्ध खानेपानी पिउन पाउने हरेक नागरिकको अधिकार भएको बताउँदै बमले हाम्रो शरीरमा ७० % पानीको मात्रा हुने भएकोले शुद्ध पानी बिना स्वस्थ जीवनको परिकल्पना गर्न नसक्ने बताउनुभयो र आगामी पाइप लाईन बिस्तार कार्यमा सहयोग गर्ने बताउनुभयो।
दोश्रो वार्षिक साधारणसभामा समितिले स्थापनाकालदेखि हाल सम्म संस्थालाई सहयोग एवं सुझावसहित पाइपलाइन विस्तार कार्यमा अहोरात्र खट्नु हुने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको छ। सम्मानित हुनेहरूमा टिका सिंह बोहरा, इन्द्रबहादुर चन्द, रतन शिलाधर,जितमान बुढा र मानसिंह धामी रहनुभएको छ ।
साथै,खानेपानी महसुल समयमा बुझाउने निल प्रसाद ओझा र खानेपानी महसुल बढी बुझाउने अमृत शाहीलाई सम्मान गरेको छ। उक्त वार्षिक साधारणसभाम आर्थिक वर्ष ०८२/ ८३ को ४३ लाख ९८ हजार २१९/५६ पैसा बराबरको आय-ब्यय संस्थाका व्यवस्थापक नविन चन्दले प्रस्तुत गर्नुभएको थियो।
संस्थाकी सदस्य मनमति बुढाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव सागर थापाले गर्नुभएको थियो।




































