‘उज्यालो धनगढी’ अभियान तीव्र : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट सञ्चालन

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरेको छ। नगरलाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यो कार्यक्रम आठौं चरणमा पुगेको हो।

CP Hospital Dhangadhi

कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि १७ सम्मका विभिन्न स्थानमा सडक बत्ती जडान गरी सम्बन्धित वडा अध्यक्ष र जनप्रतिनिधिहरूले उद्घाटन गरेका छन्। नोभा अस्पताल क्षेत्र, सेतोपुल, फाप्ला जाने सडक, अनामनगर, जुगेडा, बेला चोकदेखि थापाचोकसम्म र घुर्जन्ना क्षेत्रलगायत स्थानमा स्मार्ट लाइट सञ्चालनमा आएका छन्।

nawajiwan
Attariya Hospital

नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाकुमारी रानालगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

उपमहानगरपालिकाले ‘एक वडा, एक आर्थिक केन्द्र’ अवधारणासहित सञ्चालन गरेको यो अभियानले बजार क्षेत्रको विकास, रात्रीकालीन सुरक्षा र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास लिइएको छ।