बुधबारको महिमा: कृष्ण–गणेश पूजाले मिल्छ समृद्धि र शुभफल

Image
Nisarga Hospital

हिन्दु धर्मशास्त्रअनुसार हप्ताका प्रत्येक बार कुनै न कुनै देवी–देवतासँग सम्बन्धित हुन्छन्। तीमध्ये बुधबार ‘बुध ग्रह’लाई समर्पित दिन मानिन्छ। यस दिन विशेषगरी भगवान कृष्ण (विठ्ठल स्वरूप)को पूजा गरी व्रत बस्ने परम्परा रहेको छ। तुलसीको पातले पूजा गर्नु अत्यन्त शुभ मानिन्छ भने नयाँ कामको थालनीका लागि बुधबारलाई उत्तम दिन मानिन्छ।

CP Hospital Dhangadhi

धार्मिक विश्वासअनुसार बुधबार व्रत बस्ने भक्तजनले इच्छित फल प्राप्त गर्ने गर्छन्। यस दिन गरिने सत्कर्मले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने मान्यता छ। गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताहरू प्रसन्न हुने विश्वास गरिन्छ।

Attariya Hospital

त्यस्तै, मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ भने भगवान गणेशलाई सिन्दुर वा लड्डु चढाउँदा मनोकामना पूरा हुने जनविश्वास छ। विशेषगरी बुध ग्रहको दोष भएकाहरूका लागि यो दिन झन् फलदायी मानिन्छ।

nawajiwan
Advertize US