
नेपालका लागि गौरवको खबर! प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध टाइम म्यागजिनको सन् २०२६ को ‘१०० प्रभावशाली व्यक्ति’ सूचीमा परेका छन्। उनलाई शक्तिशाली राजनीतिक नेताहरू र चिन्तकहरूको ‘लिडर’ क्याटोगोरीमा समावेश गरिएको छ।

टाइमका अनुसार ३६ वर्षकै उमेरमा देशको नेतृत्व सम्हालेका बालेन ‘युवा लहरको प्रतीक’ र परिवर्तनको नयाँ स्वरूपका रूपमा देखिएका छन्। काठमाडौं महानगरपालिकामा रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारले अन्तर्राष्ट्रिय ध्यान खिचेको उल्लेख छ।

यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलगायत विश्व नेताहरू पनि समावेश छन्। बालेनको यो उपलब्धिलाई नेपालकै परिवर्तनको प्रतीकका रूपमा हेरिएको छ।

#ALLNEPAL































