आजको मौसमः देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना: सतर्कता अपनाउन मौसम विभागको आग्रह

Image
Nisarga Hospital

नेपालमा हाल पश्चिमी र स्थानीय वायुसँगै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको त्रिकोणात्मक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस मौसमी प्रणालीका कारण देशभरिको जनजीवन प्रभावित हुने सम्भावना छ।

CP Hospital Dhangadhi

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा पूर्ण बदलीको अवस्था छ। आज दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको प्रक्षेपण गरिएको छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेको छ।

Attariya Hospital

यसैगरी, तराईका केही क्षेत्रहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले कृषि, यातायात र दैनिक क्रियाकलापमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा पनि आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

nawajiwan

यो मौसमी फेरबदल भोलिसम्मै कायम रहने देखिएकाले चट्याङ्ग र हावाहुरीबाट जोगिन आवश्यक पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।