आजको मौसमः देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा चट्याङसहित भारी वर्षा

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिकको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको असरले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि घना बदली देखिएको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। तीमध्ये कोशी, बागमती र गण्डकीका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

आज राति पनि मौसमको अवस्था यस्तै रहनेछ। विशेषगरी कोशी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

nawajiwan