धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको लक्जरी बस दुर्घटना : २२ यात्रु घाइते (नामावली सहित)

Image
Nisarga Hospital

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ। बसमा चालकसहित ४६ जना सवार रहेकामा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।

nawajiwan
Attariya Hospital

घाइतेहरूको नामावली

  • हरिसिंह महरा (चालक)
  • चक्रबहादुर रोकाया
  • भरत मल्ल
  • विमल भट्ट
  • सीतादेवी बादी
  • नरेन्द्र ताम्राकार
  • आलिया ताम्राकार
  • सुदर्शन ताम्राकार
  • विनोद सत्कुली
  • लोचन विष्ट
  • कृष्णबहादुर विष्ट
  • गणपति भागरी
  • अखिलकुमार ठडिया
  • भद्रकृष्ण मिश्र
  • गोपाल पौडेल
  • केशबहादुर देउवा
  • प्रभानन्द ठकुन्ना
  • दीपिका भण्डारी
  • प्रकाश रोकाया
  • किश्वर बोहोरा
  • पार्वती बोहोरा
  • (प्रहरीले सार्वजनिक नगरेका अन्य १ घाइते)

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।