कोरियामा रोजगारीको अवसर: ईपीएसअन्तर्गत ७,२०० कोटा, भाषा परीक्षाको आवेदन खुला

Image
Nisarga Hospital

दक्षिण कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

CP Hospital Dhangadhi

नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यसपटक कुल ७ हजार २ सय जनाका लागि आवेदन आह्वान गरिएको छ। एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग गरेको छ।

Attariya Hospital

इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा नबसेको, नेपाल सरकारले विदेश जान प्रतिबन्ध नलगाएको तथा ई–९ वा ई–१० भिसामा कोरियामा पाँच वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने व्यवस्था गरिएको छ।

nawajiwan

भाषा परीक्षाको पहिलो चरणको नतिजापछि दोस्रो चरणको परीक्षा सञ्चालन हुनेछ। परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क लाग्नेछ। अन्तिम परीक्षामा सफल भएका उम्मेदवारको नतिजा दुई वर्षसम्म वैध रहनेछ। यद्यपि, कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्रै दक्षिण कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको ईपीएस कोरिया शाखाले स्पष्ट पारेको छ।