उपचारपछि स्वदेश फर्किंदै देउवा, लोकतन्त्र र संविधानको पक्षमा दृढ रहन आह्वान

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचारका लागि विदेश बसाइपछि अब पुनः स्वदेश फर्किन लागेको घोषणा गरेका छन्। बीपी स्मृति दिवसको पूर्वसन्ध्यामा जारी सन्देशमार्फत उनले नेपाली भूमिमा पुनः पाइला टेक्न लागेको जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

देउवाले सरकारले प्रतिशोधात्मक र अलोकतान्त्रिक व्यवहार गर्न सक्ने उल्लेख गर्दै पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन्। उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र आम नेपाली जनतालाई एकजुट हुन आग्रह गरेका छन्।

Attariya Hospital

सन्देशमा उनले आफ्नो राजनीतिक निष्ठा, प्रतिबद्धता र समर्पणप्रति पुनः विश्वास व्यक्त गर्दै देश र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्। देउवाको स्वदेश फिर्तालाई कांग्रेस वृत्तमा अर्थपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

nawajiwan