सैनिक आवासीय महाविद्यालय र सगरमाथा स्पोर्ट्स क्लबबीच मैत्रीपूर्ण फुटबल, खेलमार्फत सहकार्य र सद्भावको सन्देश

Image
Nisarga Hospital

सैनिक आवासीय महाविद्यालय र सगरमाथा युथ क्लबबीच मैत्रीपूर्ण छात्र–छात्रा फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, मित्रता, सहकार्य तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर राना रहनुभएको थियो। उहाँले सगरमाथा युथ क्लबलाई मायाको चिनो प्रदान गर्दै खेलकुदले युवामा नेतृत्व क्षमता, अनुशासन र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, सगरमाथा युथ क्लबका तर्फबाट प्रशिक्षक विनोद दरलामीले सैनिक आवासीय महाविद्यालयलाई मायाको चिनो प्रदान गर्दै दुवै संस्थाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

nawajiwan
Attariya Hospital

प्रतियोगितामा दुवै टोलीका छात्र तथा छात्रा खेलाडीहरूले उत्कृष्ट खेलकौशल, अनुशासन र खेलभावनाको प्रदर्शन गरेका थिए। कार्यक्रमले खेलकुदमार्फत आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सहकार्य र मित्रताको सन्देश प्रवाह गरेको आयोजकको विश्वास रहेको छ।

महाविद्यालयका ECA Head इन्द्रबहादुर सिंहका अनुसार सैनिक आवासीय महाविद्यालयले आगामी दिनहरूमा पनि यस्ता मैत्रीपूर्ण खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने कार्यक्रमहरू सञ्चालन गर्नेछ।

# ट्रेण्डिङ