कुलमान घिसिङको सरकारलाई आग्रह : बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट पनि हटाउनुस्

Image
Nisarga Hospital

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क फिर्ता लिने प्रधानमन्त्रीको निर्णयलाई स्वागत गर्दै विद्युत्मा लगाइएको भ्याट पनि हटाउनुपर्ने बताएका हुन्।

CP Hospital Dhangadhi

घिसिङले स्वदेशमै उत्पादन भएको स्वच्छ विद्युत्को प्रयोग बढाएर आयातित इन्धनमा निर्भरता घटाउने राष्ट्रिय लक्ष्यसँग विद्युत्मा भ्याट लगाउने व्यवस्था मेल नखाने टिप्पणी गरेका छन्। उनले शिक्षा र स्वास्थ्य समता शुल्क कानुनी रूपमा तत्काल खारेज गरी विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट पनि हटाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

Attariya Hospital

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्कको व्यापक विरोधपछि उक्त निर्णय फिर्ता लिएको थियो। घिसिङले अब यो घोषणा सामाजिक सञ्जालमै सीमित नराखी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारसँग आग्रह गरेका छन्।

nawajiwan