सङ्घीय निजामती सेवा विधेयकमा ३५०० भन्दा बढी सुझाव, सुधारका लागि अध्ययन तीव्र

Image
Nisarga Hospital

सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यले तयार पारिएको सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि ३ हजार ५०० भन्दा बढी सुझाव प्राप्त भएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सूचना जारी गर्दै सामाजिक सञ्जालमा आएका प्रतिक्रियासमेत सङ्कलन र विश्लेषण भइरहेको जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयले वैशाख ११ गते आफ्नो वेबसाइटमार्फत मस्यौदा सार्वजनिक गरेको थियो, जसमा सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आमनागरिकबाट उल्लेखनीय प्रतिक्रिया आएको छ। प्राप्त सुझावलाई व्यवस्थित रूपमा अध्ययन गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ।

Attariya Hospital

मन्त्रालयका अनुसार मस्यौदा प्रारम्भिक भएकाले सुधारका धेरै सम्भावना छन्। अन्तिम रूप दिनुअघि प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने जनाइएको छ। साथै, थप सुझाव इमेल र ह्वाट्सएपमार्फत पठाउन पनि आग्रह गरिएको छ।

nawajiwan