
धनगढीः धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धर्बेन्द्र कोलीको घरमा छापा मार्दा उनलाई सहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद ९९ हजार ३०० र ६ गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।































