डोटीको शिखर नगरपालिकाको चेतावनी: आइतबार बिदाले पठनपाठन संकटमा

Image
Nisarga Hospital

डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बिदा नदिने निर्णय गर्न संघीय सरकारलाई आग्रह गरेको छ। नगर प्रमुख दीर्घबहादुर बलायरले शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै आइतबार बिदा कायम रहे वार्षिक शैक्षिक क्यालेन्डर नै प्रभावित हुने बताएका छन्।

CP Hospital Dhangadhi

नगरपालिकाको विश्लेषणअनुसार ३६५ दिनमध्ये ५२ शनिबार, ५२ आइतबार, ३२ सार्वजनिक बिदा तथा अन्य स्थानीय र दशैं–तिहार बिदा जोड्दा मात्र १७४ दिन विद्यालय खुल्ने अवस्था रहन्छ। त्यसमा पनि परीक्षा, तयारी र अन्य गतिविधि घटाउँदा वास्तविक पठनपाठन दिन १३८ मात्रै बाँकी रहने उल्लेख छ।

शिक्षा नियमावली २०५९ अनुसार कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८०–१९० दिन वास्तविक पठनपाठन हुनुपर्ने प्रावधान रहेको भन्दै नगरपालिकाले हालको व्यवस्था कानुनी रूपमा पनि असहज हुने जनाएको छ।

nawajiwan
Attariya Hospital

नगर प्रमुख बलायरले आइतबार बिदा कायम रहे शैक्षिक गुणस्तर प्रभावित हुने चेतावनी दिँदै आवश्यक परे नगरपालिका आफैं निर्णय गरेर आइतबार पनि विद्यालय सञ्चालन गर्न सक्ने संकेत गरेका छन्। नगरपालिकाले उक्त पत्र शिक्षा मन्त्रालयसहित सम्बन्धित निकायहरूमा समेत पठाएको छ।

Advertize US