कैलालीको अत्तरियामा सामुदायिक पुस्तकालय प्रवर्द्धनका लागि ५ दिने तालिम कार्यक्रम सुरु

Image
Nisarga Hospital

कैलालीको Attariya मा आधारभूत पुस्तकालय व्यवस्थापनसम्बन्धी पाँचदिने तालिम सुरु भएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र केसर पुस्तकालयको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

तालिममा पुस्तकालय सञ्चालन विधि, पुस्तक व्यवस्थापन, पाठकमुखी पुस्तक छनोटलगायतका विषयमा प्रशिक्षण दिइने जनाइएको छ। यसले स्थानीय पुस्तकालयलाई व्यवस्थित, प्रभावकारी र पाठकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सोही अवसरमा ‘प्रतिभा मुखपत्र’ को छैटौँ अंक पनि विमोचन गरिएको छ। गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा प्रकाशन विमोचन गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कार्यक्रम प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र ऐर, नगर प्रवक्ता गोपालदत्त भट्ट, शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सचिव धर्मसिंह कुँवरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्रराज शर्माले राखेका थिए।

Dhnagadhi & Krishanapur