अत्तरिया हस्पिटलको सामाजिक उत्तरदायित्व: गौरीगंगाको राजिपुरमा निःशुल्क स्वास्थ्य शिविर, ३५० बढी लाभान्वित

Image
Nisarga Hospital

अत्तरियाः अत्तरिया हस्पिटल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४, राजिपुरमा एक दिने ‘निःशुल्क स्वास्थ्य शिविर’ सफलतापूर्वक सम्पन्न गरेको छ। स्थानीय दिपज्योती युवा क्लबको आयोजना र अत्तरिया हस्पिटलको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो।

CP Hospital Dhangadhi

कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा राजिपुर र आसपासका क्षेत्रका करिब ३५० जना स्थानीय बासिन्दाहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिएका छन्। शिविरमा आएका बिरामीहरूको जनरल चेकअप, महिला रोग विशेषज्ञ, साथै प्रेसर, सुगर लगायतका विभिन्न स्वास्थ्य समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा परीक्षण गरिएको थियो।

nawajiwan
Attariya Hospital

कार्यक्रमका बारेमा जानकारी दिँदै अस्पताल प्रशासनले ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो शिविर सञ्चालन गरिएको बताएको छ। स्थानीय स्तरमा क्रियाशील दिपज्योती युवा क्लबले शिविर व्यवस्थापनमा सहजीकरण गरेको थियो।

सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा स्थानीय बासिन्दाहरू निकै खुसी देखिएका थिए। अस्पतालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जानकारी हस्पिटलका बजार ब्यबस्थापक तथा प्रशासन साहयक सुदर्शन प्रसाद भट्टले जानकारी दिए ।