चुरेको शिरमा लुकेको स्वर्ग: गोदावरीको नायल ताल, आन्तरिक पर्यटनको नयाँ गन्तव्य

Image
Nisarga Hospital

सुदूरपश्चिमको गोदावरी नगरपालिका–१२ मा अवस्थित नायल ताल प्राकृतिक सौन्दर्यले भरिएको अनुपम गन्तव्य हो, जसलाई चुरे पर्वत शृङ्खलाको सबैभन्दा उचाइमा रहेको तालका रूपमा चिनिन्छ। करिब एक किलोमिटर लम्बाइ र ३४० हेक्टर क्षेत्रमा फैलिएको यो ताल चारैतिर हरिया डाँडाले घेरिएको हुँदा पर्यटकलाई स्वर्गीय अनुभूति दिलाउँछ।

CP Hospital Dhangadhi

डोटी, डडेल्धुरा, कञ्चनपुर र कैलालीको संगमस्थलमा रहेको यो ताल आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अत्यन्तै सम्भावनायुक्त गन्तव्यका रूपमा उदाउँदैछ। शान्त वातावरण, स्वच्छ हावा र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ।

Attariya Hospital

नायल तालसम्म पुग्न कैलालीको गोदावरी–ओलानी हुँदै सडक सञ्जाल जोडिएको छ, जहाँबाट करिब तीन घण्टाको यात्रामा ताल पुग्न सकिन्छ। यस्तै कञ्चनपुरको वाणीबङ्कबाट पनि सडकमार्ग हुँदै करिब दुई घण्टामै यहाँ पुग्न सकिन्छ।

nawajiwan

सडक पहुँच विस्तारसँगै नायल ताल सुदूरपश्चिमको प्रमुख आन्तरिक पर्यटन केन्द्र बन्ने प्रबल सम्भावना बोकेको छ। प्रकृतिप्रेमीका लागि यो गन्तव्य अवश्य भ्रमण गर्नुपर्ने स्थान बन्दै गएको छ।