
कैलालीको गोदावरी नगरपालिका ले गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न गणक (स्वयंसेवक) माग गरेको छ। सोमबार जारी सूचनाअनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय को चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गणक आवश्यक परेको जनाइएको छ।

नगरपालिकाले ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ भने आवेदन शुल्क ४ सय रुपैयाँ तोकिएको छ। गणकका लागि प्रवीणता तह उत्तीर्ण, कम्प्युटर सफ्टवेयर सञ्चालन गर्न सक्ने, मोबाइलमा नेपाली युनिकोड टाइप गर्न जान्ने तथा आफ्नै एन्ड्रोइड मोबाइल भएको हुनुपर्ने सर्त राखिएको छ। साथै, आवेदक गोदावरी नगरपालिकाकै स्थायी बासिन्दा हुनुपर्नेछ।

चयन भएका गणकको सेवा अवधि आगामी असार १५ गतेसम्म रहने जानकारी नगरपालिकाले दिएको छ।































