
बझाङः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बझाङ जिल्लाका सबै स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान बाँडफाँड गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले अनुदान वितरण गर्दा न्यूनतम आवश्यकता, सूत्रमा आधारित प्रणाली तथा कार्यसम्पादन मूल्यांकनलाई आधार बनाएको जनाएको छ।

यसअनुसार बझाङका बुङगल नगरपालिकाले सबैभन्दा बढी १ करोड ४८ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त गर्ने भएको छ। त्यस्तै जयपृथ्वी नगरपालिकालाई १ करोड २१ लाख ९९ हजार रुपैयाँ, केदारस्यु गाउँपालिकालाई १ करोड ११ लाख २४ हजार रुपैयाँ र थलारा गाउँपालिकालाई १ करोड २ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी छबिसपाथीभेरा गाउँपालिकाले ९७ लाख ३८ हजार, खप्तडछान्ना गाउँपालिकाले ९५ लाख ५ हजार, बित्थडचिर गाउँपालिकाले ९४ लाख ९३ हजार, मष्टा गाउँपालिकाले ९० लाख ८४ हजार, तल्कोट गाउँपालिकाले ८५ लाख ४३ हजार र दुर्गाथली गाउँपालिकाले ८२ लाख १६ हजार रुपैयाँ अनुदान पाउनेछन्।


सुर्मा गाउँपालिकाले ६८ लाख ७९ हजार रुपैयाँ प्राप्त गर्नेछ भने सबैभन्दा कम साइपाल गाउँपालिकाले ४४ लाख ७७ हजार रुपैयाँ अनुदान पाउनेछ।
प्रदेश सरकारले यस अनुदानले स्थानीय तहको विकास निर्माण, सेवा प्रवाह तथा आधारभूत पूर्वाधार सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।





























