धनगढी उपमहानगरले गर्याे फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिका ले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित यस विषयलाई औपचारिक पाठ्यक्रममै समेट्ने पहल थालेको छ। काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा तयार गरिएको फोहोर व्यवस्थापनसम्बन्धी पुस्तक अब अध्ययन–अध्यापनका लागि प्रयोगमा ल्याइने भएको हो। उक्त पुस्तकलाई व्यावसायिक तालिम परिषद् (CTEVT) को स्वीकृतिमा लागू गरिनेछ।

CP Hospital Dhangadhi

फोहोरको वर्गीकरण, पुनःप्रयोग, व्यवस्थापन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर तयार गरिएको पाठ्यसामग्रीमार्फत तालिमसमेत सुरु गरिएको छ। आइतबार आयोजित कार्यक्रममा चिरिबाबु महर्जन ले तालिम उद्घाटन गर्दै धनगढीको अभ्यास अन्य शहरका लागि उदाहरणीय हुने बताए।

Attariya Hospital

उपप्रमुख कन्दकला कुमारी रानाका अनुसार यस कार्यक्रमले जनचेतना अभिवृद्धि गर्दै सरसफाइमा सुधार ल्याउने अपेक्षा गरिएको छ। त्यस्तै, इन्जिनियर पारश खड्काले पाँच स्पष्ट उद्देश्यसहित तयार पुस्तकले दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने बताए।

nawajiwan

हाल उपमहानगरले फोहोरको सूक्ष्म वर्गीकरण तथा व्यवस्थापन गर्दै आएको छ भने अत्याधुनिक प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ। ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानलाई यस पहलले थप सुदृढ बनाउने विश्वास लिइएको छ।