जोगबुडामा झाडापखालाबाट बालकको मृत्यु, परिवारका अन्य सदस्य उपचाररत

Image
Nisarga Hospital

डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडामा झाडापखालाका कारण ७ वर्षीय बालकको मृत्यु भएको छ। अत्यधिक गर्मी पर्ने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ मा एकै परिवारका चार जनालाई अचानक झाडापखाला लागेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बालकको बाटोमै मृत्यु भएको हो।

CP Hospital Dhangadhi

मृतक बालक युवराज बुढामगर हुन्। परिवारमा फैलिएको रोगका कारण अन्य तीन बालबालिका र आमा समेत प्रभावित भएका छन्। जोगबुडा प्रादेशिक अस्पताल का सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार उनीहरूलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

Attariya Hospital

अस्पतालका अनुसार मृतककी आमा अत्यधिक तनावमा रहेकी छिन् भने अन्य बालबालिकामा पनि झाडापखालाका लक्षण देखिएका छन्। हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। प्रारम्भिक अनुमानअनुसार फुड पोइजनका कारण समस्या देखिएको हो।

nawajiwan

हाल उपचाररत सबै बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। स्वास्थ्यकर्मीहरूले पानी र खानेकुराको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।