कैलालीको गोदावरीमा सामुदायिक वनमा अतिक्रमण हटाउने अभियान सुरु

Image
Nisarga Hospital

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र खाली गराउने कार्य अघि बढाइएको हो।

CP Hospital Dhangadhi

सामुदायिक वनका अध्यक्ष निर्मल कुमार मगरका अनुसार वन क्षेत्रको भ्यागुते पानी आसपासका भागमा पछिल्लो समय अनधिकृत रूपमा घरटहरा निर्माण बढ्दै गएपछि नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो।

Attariya Hospital

अभियानअन्तर्गत अतिक्रमण गरी बनाइएका संरचना भत्काउने कार्य सुरु भइसकेको छ भने आवश्यक परे थप कडाइ गरिने जनाइएको छ। वन क्षेत्र संरक्षण, जैविक विविधता जोगाउने तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्न यस्तो कदम चालिएको अध्यक्ष मगरले बताए। स्थानीयवासीलाई पनि वन अतिक्रमण नगर्न र संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।

nawajiwan