
धनगढीमा ‘अब धनगढी दौडिन्छ’ नारासहित सम्पन्न हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्रसिंह रावतले जितेका छन्। उनले २१.१ किलोमिटर दूरी उत्कृष्ट प्रदर्शनसहित पूरा गर्दै पहिलो स्थान हासिल गरे। उपाधिसँगै रावतले ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।


रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा लगातार सहभागी हुँदै आएका थिए। २०७९ र २०८० मा दोस्रो स्थान, २०८१ र २०८२ मा तेस्रो स्थानमा सीमित भएका उनी पाँचौँ प्रयासमा अन्ततः विजेता बन्न सफल भए।
प्रतियोगितामा नेपाल आर्मीका सञ्जय श्रेष्ठ दोस्रो र अक्कल पाल तेस्रो भए। उनीहरूले क्रमशः ५५ हजार ५५५ र ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसै अवसरमा पाँच किलोमिटर महिला तथा कर्पोरेट दौड पनि सम्पन्न भयो। कर्पोरेटतर्फ कुशलप्रसाद जोशी प्रथम भए भने महिलातर्फ देवकीकुमारी धामीले उपाधि जितिन्।
लक्की ड्रमार्फत जिनेत कुँवरले एलइडी टिभी जिते भने दीपक उपाध्याय ‘फेस अफ द इभेन्ट’ घोषित भए।































