धनगढीका विभिन्न होटलमा छापा : ३० जना नियन्त्रणमा

Image
Nisarga Hospital

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीले १७ जना महिला र १३ जना पुरुषलाई अवाञ्छित गतिविधिमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

स्थानीयबाट होटलहरूमा अनैतिक तथा शंकास्पद गतिविधि भइरहेको गुनासो आएपछि प्रहरीले विशेष निगरानीसहित छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार होटल सञ्चालक र स्टाफसमेत नियन्त्रणमा लिइएको छ।

Attariya Hospital

प्रहरीका अनुसार धनगढीको मिलनचोकस्थित कर्णाली एण्ड लजबाट ८ जना, बसपार्कस्थित एभरेस्ट होटल, एलएनचोक नजिकको प्रिन्स होटल, क्याम्पस रोडको एएम एण्ड ए होटल, ब्ल्याक स्टोन कटेज तथा सम्झना होटलबाट गरी कुल ३० जना पक्राउ परेका हुन्।

nawajiwan

पक्राउ परेकामाथि हाल आवश्यक अनुसन्धान भइरहेको र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। स्थानीयले यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ गर्न माग गरेका छन्।