अत्तरिया खानेपानी निर्वाचनमा प्रतिस्पर्धा थप रोचक : १ अध्यक्ष सहित तीन जनाको उम्मेदवारी फिर्ता

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया स्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वैशाख २६ गते हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय तोकिएको थियो। सोही अवधिमा अध्यक्ष पदका उम्मेदवार नन्दराज भट्ट, तथा सदस्य पदका उम्मेदवार सकुन्तला सोब र सिता सोबले आफ्नो उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिले जनाएको छ।

CP Hospital Dhangadhi

अध्यक्ष पदका उम्मेदवार भट्टले नाम फिर्ता लिएपछि अब अध्यक्ष पदका लागि राजेन्द्र बहादुर खड्का, गणेश शाह र हर्क बहादुर शाहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिएका राजबहादुर खड्काको उम्मेदवारी भने रद्द गरिएको थियो। निर्वाचन समितिले प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जनाएको छ।

Attariya Hospital

स्थानीय उपभोक्ताहरूले संस्थाको नेतृत्व चयनलाई महत्वपूर्ण रूपमा हेरिरहेका छन्। प्रतिस्पर्धी उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै मतदातासँग भेटघाट तीव्र पारेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा व्यवस्था पनि मजबुत पारिने बताइएको छ। स्थानीय तहमा निर्वाचनप्रति चासो बढ्दै गएको देखिएको छ। मतदान उत्साहपूर्ण हुने अपेक्षा गरिएको छ।

nawajiwan