सोमबार सुदूरपश्चिम–कर्णालीमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीको चेतावनी

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हाल मधेस प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईमा आंशिक बदली देखिएको छ। आज राति देशभर मौसम सामान्यतया बदली रहनेछ।

Attariya Hospital

सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।

nawajiwan

त्यसैगरी मंगलबार पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूले सम्भावित चट्याङ, भारी वर्षा र हावाहुरीबाट सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।