अत्तरियामा खानेपानी संस्थाको चुनावी सरगर्मी चुलिँदैः तीन प्यानल मैदानमा, मुख्य प्रतिस्पर्धा खड्का–शाहबीच

Image
Nisarga Hospital

अत्तरियाः अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन नजिकिँदै गर्दा अत्तरिया क्षेत्रको राजनीतिक र सामाजिक माहोल तातिएको छ। स्थानीय चिया चौतारा, चोक र गल्लीहरूमा चुनावी चर्चा चुलिँदै गएको छ भने तीन प्यानलबीचको प्रतिस्पर्धा रोचक बनेको छ।

CP Hospital Dhangadhi

संस्थाको नेतृत्वका लागि राजेन्द्रबहादुर खड्का, हर्कबहादुर शाह र गणेश शाह नेतृत्वका तीन समूह चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहँदा उपभोक्तामाझ सक्षम, पारदर्शी र प्रभावकारी नेतृत्व चयनको अपेक्षा बढ्दै गएको छ।

निर्वाचनमा गोदावरी नगरपालिकाका विभिन्न टोल समेटिएका क्षेत्रबाट ५ हजार ७ सय ४२ उपभोक्ताले मतदान गर्नेछन्।

nawajiwan

तीन प्यानलमध्ये मुख्य प्रतिस्पर्धा राजेन्द्रबहादुर खड्का र गणेश शाह समूहबीच हुने देखिएको छ। खड्का प्यानललाई नेपाली कांग्रेस, नेकपा एमाले र कम्युनिष्ट पार्टीसहित विभिन्न संस्थापक तथा स्थानीय प्रतिष्ठित व्यक्तिहरूको समर्थन रहेको बताइएको छ। खड्का स्वयं शिक्षण, सहकारी, सामाजिक संस्था तथा श्रमिक आन्दोलनमा लामो अनुभव भएका व्यक्तित्व हुन्। उनी अत्तरिया क्षेत्रको शैक्षिक, सहकारी र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

Attariya Hospital

गणेश शाह प्यानल पनि सामाजिक रूपमा सक्रिय समूहका रूपमा परिचित छ। शाह पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेर शैक्षिक सुधारमा योगदान दिएका व्यक्ति हुन्। उनी सामाजिक संघसंस्थामा सक्रिय रहँदै नेतृत्व क्षमताका कारण परिचित छन्।

हर्कबहादुर शाह नेतृत्वको प्यानल पनि चुनावी मैदानमा सक्रिय देखिएको छ।

खड्का प्यानलले २४ घण्टा स्वच्छ खानेपानी, दीर्घकालीन स्रोत व्यवस्थापन, आर्थिक पारदर्शिता र पानी परीक्षण सुधारलाई प्रमुख एजेण्डा बनाएको छ। यता शाह प्यानलले स्वच्छ पानी पहुँच, पाइपलाइन सुधार, स्रोत संरक्षण र जवाफदेही व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ।

स्थानीय तहमा दुई प्रमुख प्यानलबीचको प्रतिस्पर्धाले चुनावलाई अझ रोचक बनाएको छ। अत्तरियामा अहिले ‘कसले नेतृत्व सम्हाल्ने’ भन्ने प्रश्न नै मुख्य बहस बनेको छ।