कैलालीको गोदावरीमा विपद् पूर्वतयारी सुदृढ गर्दै कृत्रिम घटना अभ्यास कार्यशाला सम्पन्न, भोली प्रयोगात्मक अभ्यास हुँदै

Image
Nisarga Hospital

अत्तरिया:  कैलालीको गोदावरी नगरपालिका, अत्तरिया स्थित नगर कार्यपालिकाको कार्यालयमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER-II) अन्तर्गत कृत्रिम घटना अभ्यास पूर्वतयारी कार्यशाला सम्पन्न भएको छ। युरोपियन युनियन ह्युम्यानिटेरियन एड, UNDP, UNICEF, UNWomen लगायतका सहयोगी निकायहरूको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

CP Hospital Dhangadhi

oplus_0

कार्यशालामा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, विपद् शाखा प्रमुख सुलोचना खड्का, पालिकाका अन्य शाखा प्रमुख तथा प्रतिनिधि, मालाखेती इप्रका प्रमुख रणबहादुर चन्द, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नगर प्रहरी, सञ्चार कर्मी तथा विभिन्न सहयोगी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
oplus_0

कार्यक्रममा विपद् व्यवस्थापनका सातवटा विषयगत क्षेत्रको प्रतिकार्य प्रणाली, समन्वय संयन्त्र र आपतकालीन सेवा प्रवाहबारे अभ्यास गरियो। विशेषगरी सूचना व्यवस्थापन, खोज तथा उद्धार, राहत वितरण, स्वास्थ्य सेवा, यातायात व्यवस्थापन र सुरक्षा संयोजनलाई केन्द्रमा राखेर तयारी गरिएको थियो। भोली वैशाख २५ गते शुक्रबार गोदावरी नगरपालिका क्षेत्र भित्र १५० बढी विद्यार्थीहरूलाई नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी लगायतको उपस्थितिमा शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी सम्बन्धी जानकारी संगै प्रयोगात्मक अभ्यास देखाउने समेत कार्यशालाले विपद् शाखा ले जनाएको छ ।

oplus_0

nawajiwan
Attariya Hospital

विपद् व्यवस्थापन शाखाले आकस्मिक अवस्थामा आवश्यक पर्ने बन्दोबस्ती सामग्रीको व्यवस्थापन, आपतकालीन ढुवानी तथा यातायात सञ्चालन, राहत सामग्री वितरण र उद्धार कार्यलाई प्रभावकारी बनाउने योजना प्रस्तुत गर्‍यो। साथै सरकारी तथा सार्वजनिक यातायात साधनहरूको सूची अद्यावधिक गर्ने व्यवस्था पनि गरिएको छ।

oplus_0

कार्यशालाले विपद् पूर्वसूचना प्रणालीलाई स्थानीय सञ्चारमाध्यममार्फत तत्काल सम्प्रेषण गर्ने, प्रभावित क्षेत्रका नागरिकको उद्धार गर्ने, हराएका व्यक्तिको खोजी गर्ने र मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा सनाखत प्रक्रियालाई व्यवस्थित गर्ने विषयमा समेत जोड दिएको छ।

oplus_0

यस अभ्यासले गोदावरी नगरपालिकालाई विपद् प्रतिकार्यमा अझ सक्षम, समन्वित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सहभागी निकायहरूले आगामी दिनमा संयुक्त अभ्यासलाई निरन्तरता दिँदै स्थानीय तहको विपद् व्यवस्थापन क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।