धनगढीमा कांग्रेसको प्रदेशस्तरीय भेला : निर्वाचन समीक्षा र संगठन सुदृढीकरणमा जोड

Image
Nisarga Hospital

नेपाली कांग्रेसले आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु गरेको छ। विशेष महाधिवेशनपछि प्रदेश तथा स्थानीय तह केन्द्रित संगठन सुदृढीकरण अभियानअन्तर्गत आयोजना गरिएको यो भेला आइतबारसम्म सञ्चालन हुने छ।

CP Hospital Dhangadhi

भेलामा पार्टीका सभापति गगनकुमार थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सहभागी नेताहरूले प्रदेशको राजनीतिक अवस्था, संगठनको वर्तमान स्थिति र आगामी रणनीतिबारे छलफल गर्नेछन्।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीका अनुसार भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गरिनेछ। साथै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन, सेवा प्रवाह र जनसम्पर्कबारे पनि मूल्यांकन गरिने बताइएको छ।

nawajiwan
Attariya Hospital

यसअघि निर्वाचनका क्रममा सुदूरपश्चिममा चुनावी सभा गर्ने प्रयास भए पनि आन्तरिक समन्वय अभावका कारण केही कार्यक्रम प्रभावित भएको उल्लेख गरिएको छ। अहिलेको भेलालाई संगठनलाई थप सुदृढ बनाउने र कमजोरी सुधार्ने अवसरका रूपमा हेरिएको छ।

पार्टी नेतृत्वले यस भेलाबाट प्राप्त सुझावलाई आगामी राजनीतिक रणनीति र संगठन विस्तारमा उपयोग गर्ने अपेक्षा गरिएको छ।