कांग्रेसभित्र कडाइ: उम्मेदवार असहयोग गर्ने नेताहरूलाई जिम्मेवारीबाट हटाइने — गगन थापा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी अनुशासन र एकतामा कडाइ गर्ने स्पष्ट संकेत दिएका छन्। कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले कांग्रेसको आधिकारिक सदस्यले पार्टीको चुनाव चिन्ह ‘रूख’ बाहेक अन्य चिन्हमा मतदान गर्न नसक्ने स्पष्ट पारे।

CP Hospital Dhangadhi

थापाले क्रियाशील सदस्य भएर पनि पार्टीका उम्मेदवारप्रति असन्तुष्टिका कारण अन्य दल वा चिन्हमा मतदान गर्नु स्वीकार्य नहुने बताए। “कांग्रेसको सदस्य भएर अर्को चिन्हमा भोट हाल्ने कुरा मेरो शब्दकोशमा छैन,” उनले भने।

Attariya Hospital

उनले पार्टीप्रति निष्ठा राख्दै मात्र राजनीतिक जिम्मेवारी पाउन सकिने उल्लेख गर्दै कांग्रेसका सदस्यले चुनावका दिन रूख चिन्हबाहेक अरू विकल्प सोच्न नहुने धारणा दोहोर्याए।

nawajiwan

थापाले आगामी २१ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि जिम्मेवारीबाट हटाइने चेतावनी पनि दिए। उनले स्पष्ट शब्दमा भने, “जसले पार्टीका उम्मेदवारलाई असहयोग गर्छ, उनीहरूलाई जिम्मेवारीबाट बाहिर राखिन्छ, यसमा कुनै शंका छैन।” उनको यो अभिव्यक्तिले कांग्रेसभित्र अनुशासन कडाइ गर्ने संकेत दिएको छ।