अत्तरिया खानेपानीमा राजेन्द्र खड्का प्यानलको दबदबा, अध्यक्षसहित अधिकांश पदमा शानदार जित

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियास्थित साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वमा राजेन्द्र खड्का निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाअनुसार खड्काले १ हजार १२२ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गणेश शाहले ७४२ तथा हर्क बहादुर शाहले ५३१ मत प्राप्त गरे ।

CP Hospital Dhangadhi

पूर्व शिक्षकसमेत रहेका खड्का अत्तरियाको दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा सह–प्राध्यापकको रुपमा कार्यरत रहिसकेका व्यक्ति हुन् । हाल उनी अत्तरिया क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । निर्वाचनमा खड्का नेतृत्वको प्यानलले अधिकांश पदमा प्रभावशाली जित निकाल्दै संस्थाको नेतृत्व आफ्नो पक्षमा पारेको छ ।

उपाध्यक्षमा खड्का प्यानलकै लक्ष्मण बहादुर कठायत ७७५ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रेम सिंह कडायतले ६४८ मत प्राप्त गरे भने चन्द्र सिंह धामी र पुष्पराज चटौत क्रमशः ३८१ र ४३१ मतमा सीमित भए ।

nawajiwan

महासचिवमा धर्म सिंह कुँवर ८११ मतसहित विजयी हुँदा सचिवमा छविन्द्रनाथ योगीले ८८९ मत र कोषाध्यक्षमा भोजबहादुर साउँदले ९२९ मत प्राप्त गर्दै जित हात पारे । अन्य उम्मेदवारहरूले पनि उल्लेख्य मत पाए तापनि खड्का प्यानलको प्रभाव स्पष्ट देखिएको थियो ।

Attariya Hospital

पुरुष सदस्यतर्फ रमेश कडायत र धर्मराज भट्ट विजयी भए भने महिला सदस्यतर्फ चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, राधा बिष्ट कुँवर र खिमादेवी ओझा निर्वाचित भए ।

५ हजार ७४२ उपभोक्ता रहेको संस्थाको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा २ हजार ७७५ मत खसेको थियो । निर्वाचन परिणामसँगै अत्तरियाको खानेपानी व्यवस्थापनमा नयाँ नेतृत्वप्रति उपभोक्ताको अपेक्षा बढेको छ ।