नीति तथा कार्यक्रम पारित गर्ने दबाब: संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

Image
Nisarga Hospital
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११:०० बजे र राष्ट्रियसभा बैठक ११:१५ बजेका लागि बोलाइएको छ। दुवै सदनको मुख्य कार्यसूची सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नु रहेको छ।
CP Hospital Dhangadhi
बुधबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएकाले आजको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। प्रतिनिधिसभामा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्नेछन्। सांसदका प्रश्न र सुझावपछि आजै यसलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ। राष्ट्रियसभामा पनि यसबारे सैद्धान्तिक छलफल हुनेछ।
Attariya Hospital
जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण संसद्लाई नीति तथा कार्यक्रम चाँडो टुङ्ग्याउनुपर्ने दबाब छ। दुवै सदनबाट यो पारित भएपछि मात्रै सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुल्नेछ। बैठकमा आज दलीय आधारमा छलफल हुने र सरकारका तर्फबाट जवाफ दिने कार्यक्रम छ।
nawajiwan