आजको मौसम, पश्चिमी वायुको प्रभाव : देशभर बदली, वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव सक्रिय रहेको छ । यसका कारण देशका विभिन्न भूभागमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना बढेको महाशाखाले जनाएको छ ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

Attariya Hospital

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । यी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् । तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ ।

nawajiwan

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसममा आएको परिवर्तनका कारण सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।