
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाको मुटु मानिने अत्तरिया चोकमा आधुनिक पैदलयात्री आकाशे पुल (Pedestrian Bridge) निर्माण कार्यको औपचारिक सुरुवात भएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले एक विशेष समारोहका बीच विधिपूर्वक पूजापाठ गरी आयोजनाको शिलान्यास गर्नुभएको हो ।

लामो समयदेखि प्रतिक्षा गरिएको यस आयोजनाको शिलान्यास गर्दै नगर प्रमुख भट्टले अत्तरिया चोकको ट्राफिक व्यवस्थापन चुस्त बनाउन र पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्न यो पुल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको अत्तरिया चोकमा व्यवसायिक क्षेत्र र पैदलयात्रीको अत्यधिक चाप रहने गरेकाले यो पुल अत्यावश्यक मानिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले अत्तरिया चोक सुदूरपश्चिमकै प्रमुख प्रवेशद्वार र अत्यधिक व्यस्त व्यापारिक केन्द्र हो। यहाँ दिनप्रतिदिन बढ्दो सवारी साधनको चाप र पैदलयात्रीको असुरक्षालाई मध्यनजर गर्दै हामीले यो आकाशे पुल निर्माणको योजना अघि बढाएका हौं। यो पुल केवल एउटा पूर्वाधार मात्र होइन, अत्तरिया सहरलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने हाम्रो अभियानको प्रस्थानविन्दु हो।”
“सडक पार गर्दा हाम्रा बालबालिका, ज्येष्ठ नागरिक र सर्वसाधारणले भोग्नुपरेको सास्ती र दुर्घटनाको जोखिम अब अन्त्य हुनेछ। म निर्माण व्यवसायी कम्पनीलाई गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समय (२०८३ पुस) भित्रै काम सम्पन्न गर्न निर्देशन दिन्छु। स्थानीय सरकारको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग र अनुगमन निरन्तर रहनेछ। नगरको विकासमा यहाँका उद्योगी, व्यवसायी र आम नगरवासीको साथ र सहयोग आगामी दिनमा पनि यसरी नै पाइरहने विश्वास लिएको छु।”

१ करोड ४२ लाख बढीको लगानी
गोदावरी नगरपालिका वडा नं. १ मा निर्माण हुन लागेको यस पुलको कुल लागत मूल्य अभिवृद्धि कर (VAT) र प्रोभिजनल सम (PS) सहित रु. १,४२,८५,४९८.१४ (एक करोड बयालीस लाख पचासी हजार चार सय अन्ठानब्बे रुपैयाँ चौध पैसा) रहेको छ ।

आगामी पुसभित्र निर्माण सम्पन्न हुने
नगर कार्यपालिकाको कार्यालय (ठेक्का नं. GM/NCB/W/2082/83/14) मार्फत अघि बढाइएको यस आयोजनाको निर्माण जिम्मा ‘क्रीजल–त्रिनेत्र–सिद्धनाथ जेभी, का इन्जिनियर मोहित चन्दले समय अवधी भित्र सक्काउने बताएका छन् ।

धनगढी–०४, कैलाली’ले पाएको छ । निर्माण कम्पनी र नगरपालिकाबीच गत २०८२ साल फागुन १० गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०८३ साल पुस ३० गते (सन् २०२७ जनवरी १४) भित्र पुल निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुल्ला गरिने लक्ष्य राखिएको छ ।
पुल निर्माणसँगै अत्तरिया चोकमा हुने सडक दुर्घटना न्यूनीकरण हुने र सहरी सौन्दर्यतामा समेत वृद्धि हुने अपेक्षा नगरवासीले गरेका छन् ।
































