कैलालीमा लागुऔषध, दुर्घटना र ट्राफिक उल्लंघन चुनौती- प्रहरीको कडाइ अभियान जारी

Image
Nisarga Hospital

कैलालीमा लागुऔषध दुव्र्यसन, अवैध मदिरा र सवारी दुर्घटना नियन्त्रण प्रहरीका लागि प्रमुख चुनौती बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वैशाख महिनामा मात्रै लागुऔषध सम्बन्धी ५८ मुद्दा दर्ता गर्दै १०० जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २ महिला र ९८ पुरुष रहेका छन्।

CP Hospital Dhangadhi

प्रहरीले उनीहरूको साथबाट ८१ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन, २० ग्राम ३१० मिलिग्राम चरेश र ४४ ग्राम ९७० मिलिग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद लागुऔषधसहित पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

यसै अवधिमा १ हजार ५ सय ६२ लिटर तयारी घरेलु मदिरा तथा ६ हजार २ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

यता, वैशाख महिनामा जिल्लामा ९५ वटा सवारी दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु र १५५ जना घाइते भएका छन्। दुर्घटनामा १६० जनाको सकुशल उद्धार गरिएको छ। विश्लेषणअनुसार ७५ दुर्घटना चालकको लापरवाही, १५ यात्रुको गल्ती, ३ छाडा चौपाया र २ यान्त्रिक गडबडीका कारण भएका हुन्।

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ३७५ सवारी साधन कारबाहीमा परेका छन्, जसबाट ११ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

प्रहरीले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि अभियान थप प्रभावकारी बनाइने जनाएको छ।