असह्य गर्मी: अत्तरियामा ४० डिग्री नाघ्यो तापक्रम, सावधानी अपनाउन आग्रह

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा बुधबार बेलुकी तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बेलुकी ५:४५ बजे अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस मापन गरिएको हो।

CP Hospital Dhangadhi

कार्यालयका प्रमुख इन्जिनियर सञ्जय कुमार शाहका अनुसार यो यस वर्षको हालसम्मकै उच्च तापक्रम हो। लगातार बढ्दो गर्मीका कारण स्थानीयवासी अत्यधिक प्रभावित बनेका छन्। दिउँसोदेखि बेलुकीसम्म तातो हावासहितको मौसमले जनजीवन कठिन बनेको छ।

Attariya Hospital

त्यसैगरी न्यूनतम तापक्रम समेत ३९.६ डिग्री सेल्सियस पुगेको तथ्यांक सार्वजनिक गरिएको छ। असह्य गर्मीका कारण घरबाहिर निस्कन कठिन भएको र पानीको खपतसमेत बढेको स्थानीयको भनाइ छ।

nawajiwan

मौसमविद्हरूले आगामी दिनमा अझै तापक्रम बढ्न सक्ने सम्भावना रहेको चेतावनी दिएका छन्। स्वास्थ्यकर्मीहरूले अत्यधिक गर्मीमा सावधानी अपनाउन, प्रशस्त पानी पिउन र दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन सुझाव दिएका छन्।